सुखचैना गाविसमा नेपाली किसानको जग्गामा भारतीय पक्षले पोखरी निर्माण गर्न लागेको छ । दशगजा क्षेत्रको पिलरबाट १५ फिट मिचेर भारतको मधुवनी जिल्ला कमलावारी ग्रामपञ्चायत-३ मलाह टोलका बासिन्दाले पोखरी खनेका हुन् ।
सुखचैनाका चार किसानको जग्गामा पोखरी खनिएको छ । रामकृपाल यादव, रामसेवक यादव, धनिकलाल यादव र विजयलाल यादवको जग्गामा पोखरी खनिएको हो । पीडित चारैजनाले सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बेस क्याम्प माडरलाई भारतीय पक्षले सीमा मिचेर पोखरी खनेको जानकारी गराएका छन् ।
दशगजा क्षेत्रको २६५/२२ नम्बरको मझौला पिलर र २६५/२४ नम्बरको सानो पिलरदेखि नेपालतर्फको १५ फिट जग्गा मिचेर पोखरी खनिएको सशस्त्र प्रहरी बेस क्याम्प माडरले जनाएको छ । सो पोखरी ६ फिट गहिराइ, ५० फिट लम्बाइ र २५ फिट चौडाइको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद ढकालले नेपाली क्षेत्रमा आएर पोखरी खनेको विषयलाई गम्भीर रूपमा लिएको बताए । उनले यसलाई तत्काल पुर्न दुवै देशका सुरक्षा अधिकारीबीच छलफल गर्न र नपुरिने वेलासम्म सतर्क रहन सीमा सुरक्षा कार्यालयलाई निर्देशन दिएको जानकारी दिए । स्थानीयले आफैँ पोखरी पुर्दा भारतीय पक्षबाट आक्रमण हुने डर भएको बताएका छन् ।
Facebook
Twitter
RSS