अमेरिकामा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित ।
विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपति पदको चुनावको बाराम ओवाम विजय भएका छन् । ओवामाले लगातार दोस्रो कार्यकाल ह्वाईट हाउसको बागडोर समाल्न रिपब्लीकन उम्मेदवार मिट रोम्नीलाई हराएका हुन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचीत ओबामाले २ सय ७५ ईलेक्टोरल मत जितेका छन् । उनका प्रतिद्धन्दी रोम्नीले २ सय ३ मत जितेका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको ओहायो राज्यमा रोम्नीलाई हराएपछि ओवामाको जीत सुनिश्चीत भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक भनिएको यस पटकको निर्वाचनमा परिणामलाई मुख्य प्रभाव पार्न सक्ने बढी ईलेक्टोरल भोट भएका राज्यहरुमा ओवामाले वाजी मारे ।
यसअघि डेमोक्रेटहरुको गढ मानिएको ईण्डीयाना र नर्थ क्यारोलाईना जित्दै रिपब्लीकन उम्मेदवार रोम्नीले आशा जगाएका थिए । तर स्विङ स्टेटको नामाले चिनिने कुनैपनि ठुला राज्यमा रोम्नीले आफ्नो पकड देखाउन सकेनन् । यसअघि सन् २००८ को राष्ट्रपति निर्वाचनमा जोन म्याक्केनलाई हराँउदै ओवामा पहलिो पटक राष्ट्रपति चुनिएका थिए ।
Facebook
Twitter
RSS