रुटमा तोकिए भन्दा बढी भाडा लिने यात्रुबहाक बसलाई प्रहरीले कार्वाही सुरु गरेको छ। काठमाडौबाट धादिङबेसीतर्फ आउँदै गरेको बा २ ख ६१८५ नम्बरको बस सहित ३ वटा गाडीले तोकिए भन्दा बढी भाडा असुलेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
काठमाण्डौ-धादिङबेसीको भाडा १ सय ६० रुपैयाँ तोकिएको छ। जनही २ सयका दरले भाडा असुली ४० रुपियाँका दरले ठगी गरेको भन्दै १७ जनालाई ४० रुपियाँका दरले रकम फिर्ता गराएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक जीवन बुढाथोकीले जानकारी दिए। बढी भाडा असुल्ने सवारीको कागजपत्र जफत गरि सवारी ऐन अन्तर्गत कार्वाही गरिने प्रहरीले जनाएको छ।


Posts Relacionados