Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

iPad mini Announced: Here’s Everything You Need To Know



It’s finally here, folks! Apple has just announced the all-new iPad mini at their event today. It’s (mostly) exactly what the technology blogosphere was expecting: a smaller iPad 2. Check out all the basic specifications, pricing and availability after the jump!

Display
Let’s get right into it: the iPad mini gets its name from its noticeably smaller display which is 7.9-inches. Its resolution matches that of the iPad 2, at 1024 x 768 giving a pixel density of 163ppi which, by today’s standards, is rather shabby.

Cameras
The iPad mini is accompanied by two cameras, one at the front which supports FaceTime HD, and a 5-megapixel iSight Camera at the back which shoots video at 1080p.

Yes, the same rear-facing camera found in the latest generation iPad. In short; you don’t just get a smaller iPad, you also get an amazing camera which you can carry around with you most of the times.

Lightning Connector
And as you might expect, the 30-pin connector is a long gone story and the iPad mini comes with Apple’s brand-new Lightning connector which made its debut with the iPhone 5, fifth-gen iPod touch and the seventh-gen iPod nano.

Dimensions/Weight
Besides the reduced display size, the overall dimensions of the device have also been scaled down: It is slimmer and will, most definitely, have an appropriately reduced weight. Weighs in at just 0.68lbs, this thing is really, really light as far as we can tell. The device is just 7.2mm thick, and is dubbed as being thinner than a pencil. I guess we’ll buy that notion.

Processor/Battery life
With 10-hours of battery life, Apple hasn’t made any sort of sacrifice! And we really mean that. The iPad mini is powered an A5 processor, the one found inside the iPad 2.

Price
iPad mini comes in Apple’s usual selection of colors: black and white. There are three storage configurations – 16GB ($329) / 32GB ($429) / 64GB ($529) – and two configurations based on connectivity – Wi-Fi only and LTE (add $130).

This is considerably more expensive than other 7.x inch Android-based tablets that start at $159 / $199, but that’s not unexpected coming from a company like Apple which charges a heavy premium for its devices. At least this is lower than the revised iPad 2 which cost $399.

Smart Cover

The iPad mini will be complimented with the iPad mini Smart Cover, the same cover which we’ve already seen on the iPad 2 and the current generation iPad, except that it’s smaller. The available colors are dark gray, pink, blue, green, light gray and our favorite; red.

SiriYou think Apple left our Siri from this release? Well, no! Siri is a part of the iPad mini now, as well. Making its debut on the iPhone 4S, then making its way onto the third-gen iPad, then the iPhone 5 and iPod touch. Siri has found a new home; the iPad mini.

Availability
The iPad mini will be in stores in selected countries on November 2nd, with a wider availability rolled out in stages. Online pre-ordering start on Friday; we’ll inform you when it goes live so stay tuned!
Combine the smaller display with slimmer, lighter design, lower price and you have a tablet that goes head to head with the likes of the popular Nexus 7 and Kindle Fire HD. The next few months will be very interesting as we will see how not just consumers, but also how Google and Amazon will respond to it.
And oh, every app which works on the larger iPad works flawlessly on the iPad mini. Hence, the devs can rest assured that their apps can get into the hands of many at launch.
Source: RedMondPie

JOGAR!

New book released by Nepalese in USA (Must See)



Title \"The Last Orange\", Sub title \"Lost and found Memoir\"

About the author: 
Kisan Upadhaya was born in Assam, India, in 1966. He was separated from his sister, mother, and father at age four and found himself starving, sick and begging for food on the streets of Kathmandu, Nepal. Soon the bitter cold of winter got the best of him from having to work for food and he became very ill and near death. He was taken to the hospital, where he spent almost six months recovering and was discharged to the Christian home called Mendies Haven Children’s Home where he grew up. He came to the U.S. in 1987 to study and is now working in Durham, North Carolina, where he lives with his wife and two children. In the intervening years he tried to search for his biological family and failed. However, 42 year later he was reunited on live TV with his mother and dear sister in August 2011

His sister spent 9 years in slavery working from one household to another and managed to survive alone without her brother Kisan. This book is a great story of inspiration that you will not regret buying it but enjoy reading it.


More details here: 
http://kisanupadhaya.blogspot.com/

Book is available via 

http://www.barnesandnoble.com,
http://bookstore.iuniverse.com
http://www.amazon.com
It is also available E-book formats

This is a true story of two siblings who had gone through rough time in the streets of Kathmandu, Nepal. Author worked in a restaurant at age 4 and almost died of being sick from cold but managed to live to write a book Story of how two two brother and sister got separated from their own family. 
The story you read may be one of a kind that you only read in a fairy tale books, but knowing the person who wrote this book, it is real person and real life\'s struggle with emotional and happy ending despite the harsh and rough childhood

JOGAR!

बढी भाडा लिने बस कार्वाहीमा यात्रुलाई पैसा फिर्ता




रुटमा तोकिए भन्दा बढी भाडा लिने यात्रुबहाक बसलाई प्रहरीले कार्वाही सुरु गरेको छ। काठमाडौबाट धादिङबेसीतर्फ आउँदै गरेको बा २ ख ६१८५ नम्बरको बस सहित ३ वटा गाडीले तोकिए भन्दा बढी भाडा असुलेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
काठमाण्डौ-धादिङबेसीको भाडा १ सय ६० रुपैयाँ तोकिएको छ। जनही २ सयका दरले भाडा असुली ४० रुपियाँका दरले ठगी गरेको भन्दै १७ जनालाई ४० रुपियाँका दरले रकम फिर्ता गराएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक जीवन बुढाथोकीले जानकारी दिए। बढी भाडा असुल्ने सवारीको कागजपत्र जफत गरि सवारी ऐन अन्तर्गत कार्वाही गरिने प्रहरीले जनाएको छ।


JOGAR!

प्रचण्डमाथी हातपात,एक सर्वसाधारणले गालामा थप्पड हाने



काठमाडौं, मंसिर १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथीएक सर्वसाधारणले  हातपात गरेका छन् । एमाओवादीको भृकुटीमण्डपमा जारी चियापान तथा शुभकामना कार्यक्रममा प्रचण्डलाई एक सर्वसाधारणले मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । प्रचण्डको चस्मा फुटेको जनाइएको छ ।
हातपात गर्ने बाग्लुंगका पदम कुवर लाई प्रहरीले नियन्त्रणमा लिएको छ  । उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झपड हानेका थिए भने भने एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । यस्तै केही समयअघि नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।


JOGAR!

आज लक्ष्मी पुजा, धनधान्यकी देबी लक्ष्मीको पूजा गरी मनाइँदै



काठमाडौँ – यमपञ्चकको तेस्रो दिन आज साँझ मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ ।    बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भत्रे भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भ-याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भत्रे गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।    गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भत्रे विश्वास छ । आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।    सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भत्रे वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।

JOGAR!

नेपाली भूमि मिचेर भारतीयले बनाए पोखरी (नेपाली भूमि अतिक्रमणमा)





सुखचैना गाविसमा नेपाली किसानको जग्गामा भारतीय पक्षले पोखरी निर्माण गर्न लागेको छ । दशगजा क्षेत्रको पिलरबाट १५ फिट मिचेर भारतको मधुवनी जिल्ला कमलावारी ग्रामपञ्चायत-३ मलाह टोलका बासिन्दाले पोखरी खनेका हुन् ।
सुखचैनाका चार किसानको जग्गामा पोखरी खनिएको छ । रामकृपाल यादव, रामसेवक यादव, धनिकलाल यादव र विजयलाल यादवको जग्गामा पोखरी खनिएको हो । पीडित चारैजनाले सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बेस क्याम्प माडरलाई भारतीय पक्षले सीमा मिचेर पोखरी खनेको जानकारी गराएका छन् ।
दशगजा क्षेत्रको २६५/२२ नम्बरको मझौला पिलर र २६५/२४ नम्बरको सानो पिलरदेखि नेपालतर्फको १५ फिट जग्गा मिचेर पोखरी खनिएको सशस्त्र प्रहरी बेस क्याम्प माडरले जनाएको छ । सो पोखरी ६ फिट गहिराइ, ५० फिट लम्बाइ र २५ फिट चौडाइको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद ढकालले नेपाली क्षेत्रमा आएर पोखरी खनेको विषयलाई गम्भीर रूपमा लिएको बताए । उनले यसलाई तत्काल पुर्न दुवै देशका सुरक्षा अधिकारीबीच छलफल गर्न र नपुरिने वेलासम्म सतर्क रहन सीमा सुरक्षा कार्यालयलाई निर्देशन दिएको जानकारी दिए । स्थानीयले आफैँ पोखरी पुर्दा भारतीय पक्षबाट आक्रमण हुने डर भएको बताएका छन् ।



JOGAR!

उत्तर अमेरीकी मुलुक ग्वाटेमालामा शक्तिशाली भूकम्प कम्तीमा पनि ४८ जनाको मृत्यु



ग्वाटेमालामा ७ दशमलव ४ रेक्टर स्केलको भुकम्प जाँदा ४८ जनाको मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
भुकम्पका कारण एक सय भन्दा बढी मानिसहरु हराइरहेको र एक सय ५५ जनाभन्दा धेरै घाइते भएको जनाइएको छ । सडकसहित अन्य पुर्वाधारहरुमा क्षति पुगेको छ ।
भुकम्पबाट जोगिन र सुरक्षित रहन त्याहको सरकारले नागरिकहरुलाई आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि १९८६ मा ७ दशमलव ५ रेक्टर स्केलको भुकम्प जादा ग् ग्वाटेमालामा २५ हजारले ज्यान गुमाएका थिए ।
त्यसपछिको सबै भन्दा ठुलो भुकम्प गएको त्याहाको सरकारले जनाएको छ । भुकम्प पीडितहरुलाई उद्धारका लागि स्वयं सेवक परिचालन गरिएको छ ।





JOGAR!

राजतन्त्र फर्काउने चलखेल गरे नार्गाजुन दरवारमा बस्न नदिनेःप्रम भट्टराई


राजतन्त्र फर्काउने चलखेल गरे नार्गाजुन दरवारमा बस्न नदिनेःप्रम भट्टराई

काठमाडौ, कात्तिक २३ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने चलखेल गरे नार्गाजुन दरवारमा बस्न समेत नदिने चेतावनी दिनु भएको छ ।
राजधानीमा नेपाल पव्लिक क्याम्पस सघंको नवौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले पुर्वराजाले केही दिन अगाडी चितवनको दियालो बंगलामा बास बसेर शुरु गरेको तराई यात्रालाई प्रतिगामीको संज्ञा दिनुभयो । प्रधानमन्त्री भट्टराईले दियालो बंगला सरकारको स्वामित्वमा आईसकेकोले अब आईन्दा सो बंगलामा प्रबेश गर्न नदिईने बताउनुभयो ।
प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुले दलिय स्वार्थमा बजेट रोकेर मुलुकको आर्थिक समृद्धिमा आघात पार्न खाजेको आरोप लगाउनुभयो । कार्यक्रममा शिक्षाविद्हरुले उच्च शिक्षा, सामुदायिक र सरकारी विद्यालयहरुलाई अलग रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।





JOGAR!

नेपालका सानुबाबु सुनुवार विश्वको साहसिक व्यक्तिमध्येमा छनौट




यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् ।
रामेछाप जिल्ला स्थित रामपुर गाउँमा जन्मेका ३० बर्षीय प्याराग्लाइडर सानुबाबु सुनुवार बाल्य अवस्थादेखि नै साहसिक कार्य गर्न मन पराउँथे । उनी अग्लो उचाइ भएको ठाउँबाट उड्ने प्रयास गर्दै हाम फाल्दा धेरै पटक शरीरमा चोट लागेको थियो र हात खुटटा समेत मर्कन पुगेको थियो । यो घटनालाई उनको परिवार र वरपरको छिमेकीहरू बारम्बार सुनाउने गर्छन् । घरमा भएको छाताको प्रयोगबाट उड्ने प्रयास गर्दा धेरै पटक धेरै वटा छाता भाँचेकाले बाबा–आमाबाट पनि पिटाइ खाएका थिए । अलि हुर्कँदै गएपछि उनले रूखको गुँडमा बसेका गिद्धधरिलाई छाडेनन् जसको खुट्टा समातेर उड्दा लडी गम्भीर घाइते भएका थिए । यसैगरी अन्धा सर्प जुन वर्षातको बेलामा पाइन्छ, त्यसलाई पनि समाती उड्ने प्रयास गरे । यसरी बोरा, छाता, गिद्ध, सर्प, राडी, चटाई आदि जे–जे देख्यो सबलाई उड्ने सामग्रीको रूपमा प्रयोग गर्दै सानुबाबुको बाल्यकाल बित्यो । उनी अरू बालकभन्दा निकै पृथक थिए, जोशिला र साहसिला थिए । उनले चिताएपछि पूरा नहुञ्जेल आफुले गरेको काममा लागिपरी नै रहन्थे र यस क्रममा उनी साथीहरूको माहोलमा भन्दा एक्लै रहन पुगे । तर आफैमा सधैँ मस्त रमाइ रहने, व्यस्त हुने गर्दथे । जुन समयमा उनलाई मानिसले प्यारासुड नामको साधन प्रयोग गरेर उड्छ भन्ने थाहा पनि थिएन । उनी मात्र नभएर घरदेखि गाउँ–टोलसम्मका मानिसहरूलाई यस्तो पनि सम्भव छ भन्ने विषयमा फिटिक्कै ज्ञान थिएन । त्यो अवस्थामै उनी उड्दै शिखर माथि–माथि धेरै माथिबाट यो विश्व ब्रह्माण्डलाई परिक्रमा गरेको कल्पना गर्थे र सपना बुन्थे । यसरी आफ्नै नैसर्गिक प्रेरणाबाट बशीभूत भई सानुबाबुको बाल्यकाल अनेकौँ उपायबाट उड्ने प्रयासको साधना गर्दै बित्यो । उनी उन्मुक्त भई आफ्नो रुचिमा डुबिरहे, डुबिरहे ।
आखिरमा उनको सोच र सकारात्मक विचारले, अदम्य साहसको साथ अघि बढ्ने क्रममा एक जना शुभचिन्तकलाई भेटे । जुन बेला उनी किशोर अवस्थालाई पार गर्ने समयमा पुगेका थिए । उनलाई शुभचिन्तक मित्रले पोखरास्थित प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रमा पु¥याए । त्यसपछि उनले पछिल्लो जीवनलाई फर्केर हेरेनन् र आफु बसेको धर्तिलाई एकोहोरो छामी मात्र पनि रहेनन् । आफ्नो सोख र रुचि अनुसारको परिवेशमा निरन्तर साधनामा जुट्दै रहे प्रशिक्षण अवधिमा । त्यही प्याराग्लाइडिङसम्बन्धी नै फरक–फरक तीन विषयमा उनी उत्कृष्ट नतिजा ल्याउन सफल भए कठोर साधनाको तपस्याले गर्दा ।
फलस्वरूप यी गाउँले आदिबासी जनजाति किराँती ठिटो २०६८ जेठ ७ गते (मे २१, २०११) मा सगरमाथाको चुचुरोमा पैदल यात्रा गरी पुगी झण्डा फहराए र सगरमाथाभन्दा तीस मिटरमाथि प्याराग्लाइडिङ गरी उडेर नाम्चेमा ओर्लन सफल भएका थिए । त्यसबेला उनको साथमा सोलुखुम्बु चौरीखर्कका ३५ बर्षीय छिरिङ्ग शेर्पाले पनि उक्त साहसिक खेलमा भाग लिएका थिए । साहसिक व्यक्तित्वका धनी सानुबाबु सुनुवारले प्याराग्लाइडिङ, कायाकिङ, क्यानोइङ, साइकल यात्रा र पैदल यात्रा गरी साहसिक खेल खेल्दै विश्वको अग्लो नेपालको सगरमाथादेखि सुरु गरेर ‘समिट टु सी’ नामक साहसिक यात्रा, शुन्य तह बङ्गालको खाडी हिन्द महासागरमा २०६८ असार १४ गते (२८ जुन, २०११) दिनको ठीक १ः३० बजे पुगी विश्व रेकर्ड कायम गर्न सफल भएका थिए ।
हँसिला, रसिला, जोशिला, अत्यन्तै फरासिला यी साहसिक युवा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ संघसँग आवद्ध भई नेपाल राष्ट्रबाट व्यक्तिगत रूपमै प्रतिनिधित्व गर्दै विभिन्न देश विदेश फन्को मार्ने क्रममा जुन २४ तारीख २०१२ मा बेलायतस्थित फार्नबोरोमा आइपुगेका थिए । जर्मन, स्वीटजरल्यान्ड, फिनल्यान्ड आदि हुँदै उनी वेल्स युकेमा आई साहसिक खेलमा सहभागी हुन आइपुगेका थिए । नेपाल फर्कनु दुई दिन अगाडि उनी किराँत सुनुवार सेवा समाज युकेको सम्पर्कमा आएका थिए । उनको बेलायत बसाइ अति नै छोटो भएको कारणले किराँत सुनुवार समाजका आफन्त बन्धुहरूमा भेटघाट गरी भलाकुसारी गर्ने चाहना भने पूरा हुन सकेन । विभिन्न भागमा टाढा–टाढा छरिएर बसोवास गर्दै कामको सिलसिलामा व्यस्त जीवनबाट गुज्रिरहेका छन् सबै कोइँच सुनुवारहरू बेलायतमा । उहाँहरूमध्ये कतिपयले फोनमार्फत साहसिक युवालाई भेट्न नपाएको खल्लो अनुभव व्यक्त गर्दै उनको लागि हार्दिक बधाइ तथा अरू सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष जङ्ग सुनुवार र केही पदाधिकारीहरूले भने छोटो समय भए पनि सानुबाबुलाई भेटी स्वागत गर्दै सम्मान गरेका थिए । अगष्ट २४ शुक्रबारको दिन अध्यक्ष जङ्ग सुनुवार, महासचिव छत्र सुनुवार, सल्लाहकार भावना परिष्कृत सुनुवार, सल्लाहकार होम सुनुवार, राम सनुवार, पवित्रा सुनुवार, चुना सुनुवार र मनकुमारी सुनुवारले खादा लगाएर सम्मान गर्दै संस्थाको तर्फबाट अध्यक्षमार्फत मायाको चिनो प्रदान गरिएको थियो ।
“आफ्नो लक्ष्य प्राप्तिको निम्ति आफैँभित्रको आत्मिक आवाजलाई सुन्न सक्नु पर्छ । मन र दिमाग दुवैको तालमेल मिलाई सोचेर निष्कर्ष निकाल्दै स्वयम् आफैदेखि अभिप्रेरित र निर्देशित हुँदै जाने क्रमले आज म यो अवस्थामा पुगेँ । सुरुमा मैले कुनै प्रेरणा दिने व्यक्ति र मार्ग निर्देशन गर्ने गुरु भेटेको थिइनँ । अनि कसैबाट पनि सहयोग र हौसला नपाएको मा एक रत्ति पनि दुःख लाग्दैन, अचम्म पनि लाग्दैन । म हुर्केको परिवेशमा गाउँका सबै विचरा अनविज्ञ थिए र म स्वयम् अनविज्ञ थिएँ । थाहा छैन कुन अदृश्य शक्तिले मलाई हरपल उचाइमा उड्दै संसार घुम्ने चाहना जगाएको थियो ।” उनले भलाकुसारीको क्रममा यसरी आफ्नो बारेमा बताएका थिए । उनले यस साहसिक कार्य गर्ने अभियानमा आफुलाई राज्यबाट कुनै हौसला र सहयोग नमिलेको बरु हतोत्साहित गर्दै धम्की मिलेको खल्लो अनुभव सुनाए । तर पनि आफुसँग प्रवल इच्छाशक्ति भएकै कारणले गर्दा साहस र हिम्मत कहिल्यै पनि टुटेन । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ संस्थाले नै उनलाई सहयोग ग¥यो । जसको फलस्वरूप प्याराग्लाइडिङ खेल अन्तरगत विश्वको साहसिक व्यक्तिमध्येमा उनलाई पनि छनौट गरियो र जसमा ‘नेशनल जिओग्राफिक एडभेन्चर अफ इयर विन्नर २०१२’ को विजेता उनी घोषित भए । यसरी आफ्नै व्यक्तिगत प्रयासबाट आफ्नो देश नेपालको प्रतिनिधित्व गर्न पाएकोमा उनी गर्व महसुस गर्छन् । उनलाई देशको राजनैतिक अवस्थाप्रति पनि चासो र चिन्ता छ ।
“भरसक पाइला टेकाउन सफल भएजस्तो लाग्छ यी साहसिक खेलमा । अझै धेरै देशका चुचुराहरू माथि फन्को मार्दैै धेरै–धेरै माथि पुग्ने रहर छ । लाग्छ एकै दिनमा विश्व ब्रह्माण्ड परिक्रमा गरौँ । केही समयपछि आफ्नै देशमा आफ्नै निजि विभिन्न साहसिक खेलहरू सम्बन्धी प्रशिक्षण केन्द्र खोल्ने इच्छा छ । अनि त्यति हतारै नभए नि सायद…. सायद म राजनीतिमा पनि पाइला राख्छु होला । त्यो क्षेत्रमा पनि म नेतृत्व गर्छु कि जस्तो लाग्छ …. जे होस सकारात्मक भाव र उच्च सोच लिएर हिड्नु पर्छ भन्ने मेरो मान्यता हो है हजुर हो” भन्दै कुरोको शैलीमा मिठास घोल्दै हाँसे उनी ।
साहसिक युवा सानुबाबु सुनुवारको कुराले राजनीतिज्ञ बनेर देशलाई उचाइमा लैजाने चाहना पनि निकट भविष्यमा अवश्य पनि पूरा होस् । उनको सकारात्मक सोच र इच्छा शक्ति नै सफलताको ठूलो हतियार हो । हाम्रो देशको स्थिति अनुसार कोही मानिस आफ्नो योग्यता र दक्षताले केही बन्न चाहे भने कुनै स्थानमा पुग्नु प¥यो भने कि मान्छे चिन्न सक्नुप¥यो, कि त किन्न सक्नुपर्छ । मान्छे चिनेको र किनेको भए योग्यताको पारख पनि जरूरी नहुन सक्छ यहाँ । सानुबाबु साधारण ग्रामीण युवाले न त कसैलाई ठाउँमा चिनेका थिए, न त आफ्नो फाइदाको निम्ति कसैलाई किन्न सक्ने सामथ्र्य नै थियो उनमा । उनीसँग थियो त केवल पहरा जस्तो अटल, साहस, जस्तोसुकै तप र साधना गर्न सक्ने अद्भूत क्षमता अनि उनी जीवनमा अप्ठेरो र गाह्रो काम मात्र रोज्ने साहसिक स्वभाव । जुन काम जस्तोसुकै साह्रो–गाह्रो किन नहोस् सुरुमा हामीले आँट गर्नै पर्छ । बिस्तारै त्यही गाह्रो काम सजिलो बन्दै जानेछ । सानुबाबुबाट पनि हामीले यही प्रेरणा लिन सक्छौँ । आ–आफ्नो रुचि र उद्देश्य फरक–फरक हुन सक्छ । तर सफलतालाई प्राप्त गर्ने सूत्र एकै हो भनि बुझ्न जरूरी छ ।
छोटो समयको निम्ति देश परदेशहरूको गगनबाट उडान भर्दै–भर्दै झुलुक्क झुल्केका सानुबाबु भोलिपल्ट लण्डनमा आयोजित नेपाली मेलामा करिब आधा घण्टा जति उपस्थित समेत हुन भ्याए कोइँच सुनुवारको जातीय पोषाक लगाएर । उनी त्यही दिन नै नेपाल फर्कन पर्ने भएकोले खल्लो अनुभव गराएर हामीबाट बिदा भए । उनको सफलताले अझ बुलन्दीको शिखरलाई चुमोस्, चाँडै नै राजनीतिको आकाशमा पनि उनलाई उचाइ प्राप्त होस् । देशलाई सफलताको उचाइ दिन उनी युग परिवर्तक बनेर आएको देख्न पाइयोस् भनी ष्याँदर देवी (चण्डी देवी) सँग पिदार (प्रार्थना) तथा कामना गर्दछौँ युकेबासी सम्पूर्ण कोइँच सुनुवारहरू ।
यसरी सर्वोच्च शिखर सगरमाथाबाट समुद्री सतहसम्म प्याराग्लाइडिङ गरेर कीर्तिमान राखेका प्याराग्लाइडर पाइलट सानुबाबु सुनुवार आगामी जनवरी २०१३ मा अफ्रिका महादेशकै सबभन्दा अग्लो हिमाल किलिमान्जारोमा प्याराग्लाइडिङको निम्ति छनौटमा परेका छन् । उनलाई सफलताको शुभकामना । source:sunuwar.org

JOGAR!

अमेरिकी राष्ट्रपतिमा पुन: बाराक ओबामा बिजयी





अमेरिकामा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित ।
विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपति पदको चुनावको बाराम ओवाम विजय भएका छन् । ओवामाले लगातार दोस्रो कार्यकाल ह्वाईट हाउसको बागडोर समाल्न रिपब्लीकन उम्मेदवार मिट रोम्नीलाई हराएका हुन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचीत ओबामाले २ सय ७५ ईलेक्टोरल मत जितेका छन् । उनका प्रतिद्धन्दी रोम्नीले २ सय ३ मत जितेका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको ओहायो राज्यमा रोम्नीलाई हराएपछि ओवामाको जीत सुनिश्चीत भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक भनिएको यस पटकको निर्वाचनमा परिणामलाई मुख्य प्रभाव पार्न सक्ने बढी ईलेक्टोरल भोट भएका राज्यहरुमा ओवामाले वाजी मारे ।
यसअघि डेमोक्रेटहरुको गढ मानिएको ईण्डीयाना र नर्थ क्यारोलाईना जित्दै रिपब्लीकन उम्मेदवार रोम्नीले आशा जगाएका थिए । तर स्विङ स्टेटको नामाले चिनिने कुनैपनि ठुला राज्यमा रोम्नीले  आफ्नो  पकड देखाउन सकेनन् । यसअघि सन् २००८ को राष्ट्रपति निर्वाचनमा जोन म्याक्केनलाई हराँउदै ओवामा पहलिो पटक राष्ट्रपति चुनिएका थिए ।



JOGAR!