यहि पौष २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'सुनगाभा- डान्स अफ दि अर्किड' को प्रोमोशनका लागि निर्देशक सुवर्ण थापा र नायिकाद्धय निशा अधिकारी र दिया मास्केकोको साथमा प्रोग्राम को-अर्डिनेटर माल्भिका सुब्बा सहितको एक टिम पूर्वको धरान पुग्ने भएको छ ।
निर्देशक थापाले दिएको जानकारी अनुसार भोली शुक्रबार साँझ ६ बजे धरानको गणेश हलमा सुनगाभाको रेड कार्पेट च्यारिटी हुँदैछ । उक्त च्यारिटीमा सहभागी हुन र फिल्मको प्रोमोशन गर्न आज धरान जान लागेको थापाले बताए । तीन दिने भ्रमणमा निस्केको यो टोलीले च्यारिटीसँगै धरानमा पत्रकार भेटघाट कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । यस्तै यहि पौष १८ गते हेटौंडामा पनि फिल्मको च्यारिटी गरिने भएको छ ।प्रोमोशनका लागि नै निर्माता समेत रहेका निर्देशक थापाले फिल्ममा प्रयोग गरिएका संगीतहरू सार्वजनिक गरेका छन् । प्राय: फिल्मको गीत र प्रोमो सार्वजनिक गरिन्छ तर निर्देशक थापाले व्याकग्राउण्ड म्युजिक नै सार्वजनिक गरेका छन् । फिल्ममा एउटा मात्र गीत प्रयोग गरिए पनि कथासँग जोडिएका अन्य संगीतहरू पनि सुन्न लायक भएकाले सार्वजनिक गरिएको निर्देशक थापाको भनाई छ ।
समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथामा बनेको फिल्म 'सुनगाभा' ले थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाई सकेको छ । फिल्ममा दिया मास्के, निशा अधिकारी र सौगात मल्ल मुख्य भुमिकामा छन् ।
Facebook
Twitter
RSS