मंसिर ३० , कलिउड अपडेट ।
महानायक राजेश हमाल लाइ दिन सकिए भन्ने मान्छे हरु पनि छन तर तिनै महानायकका फ्यानले नै निर्मातालको लगानि जोगाइदिन्छन । हिजा शुक्रवारबाट प्रर्दशन भएको चलचित्र कारवाहिलाइ पनि दर्शकले राम्रै साथ दिए । हिजो पहिलो दिन ठिकैको व्यापार गरेको चलचित्र कारवाहिले आजको दिन उत्साहजनक व्यापार गर्न सफल भएको छ । चलचित्र कारवाहिलाइ महानायक हमालका फ्यानको माया पाएको देखिन्छ किनकि चलचित्रमा प्रमुख पात्रको रुपमा नायक हमाल नै देखिएका छन ।
कारवाहिका निर्माता नारायण मैनालीका अनुसार गोपि कृष्ण हलमा बिहानको शो हाउस फूल भएको र दिउसो हल भरिभराउ भएको जानकारी कलिउड अपडेटलाइ बताएका छन । दर्शकको माया पाएको मा निर्माता मैनाली पनि दंग परेका छन । गोपि कृष्णमा मात्र यस्तो हो कि अरुमा पनि भनि उनलाइ सोध्दा उनि भन्छन “अरु हलमा पनि उत्साहजनक व्यापार गरेको छ , दर्शकले साथ दिनु भएको छ” उनले हामिलाइ यसै भने ।
कारवाहि सामाजिक बिषय बस्तुमाथि बनेको चलचित्र हो । चलचित्रलाइ किशोर राना मगरले निर्देशन गरेका छन भने चलचित्रमा राजेश हमाल , सुशिल थापा , राज लामा , महिमा शिलवाल आदि कलाकारको अभिनय रहेको छ ।
Facebook
Twitter
RSS