माघ पाँचमा रिलिज हुने कलिउड फिल्मको शीर्ष गीत रिलिज गरिएको छ । गत बुधबार चर्चित फिल्मी कार्यक्रम रजतपटबाट टेलिभिजन प्रिमियर भएको यो गितको ईन्टरनेट अनलाईन रिलिज शुक्रबार साँझ गरिएको हो ।

नवराज आचार्यको डेब्यू फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा फिल्मी मार्केटमा हेरिन थालिएको  छ ।  त्यस मध्ये पनि आफ्नै ईन्डष्ट्रीको स्टोरी समेटिएकाले यो फिल्म अधिकांश फिल्मकर्मीका लागि पखाईको फिल्म पनि  बनेको छ । प्रोमोलाई मेकिङ रिच देखाएका निर्देशक आचार्यले गीतमा पनि सफलताका संकेतहरु देखाएको झल्किन्छ ।

कुन्ती मोक्तानको छोरी सुवानीले गाएको शिर्ष गीतमा केमियो गर्लका रुपमा पूर्व मिस नेपाल मलिना जोशी फिचर भएकी छिन् जहाँ अन्य सेलिब्रेटीलाई पनि देख्न सकिन्छ । पश्चिमी शैलीको यो संगीतका सर्जक प्रदीप बाँस्तोला हुन् । प्रदीपले यहि फिल्म मार्फत म्यूजिशियनको रुपमा डेब्यू गरेका हुन् । कोरियोग्राफी चाहि रेनाशा राईको हो । 
 







Posts Relacionados