पछिल्लो समय नेपाली फिल्ममा युवापुस्ता त्यो पनि नयाँ अनुहारको प्रवेशले व्यापकता पाएको छ । फिल्म नचलिरहेको अवस्थामा युवा टिम संलग्न बनाएको लुट, चपलीहाईट, सायद जस्ता फिल्म नै बक्स अफिसमा अब्बल बने । यहि युवाहरूको विल्कुलै नयाँ टिमले बनाएको फिल्म 'साँघुरो' रिलिजको क्रममा रहेको छ ।
फिल्म निर्माण युनिटले शनिबार राजधानीका एक कार्यक्रमको आयोजना गरि फस्टलुक सार्वजनिक गरेको छ । फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा फिल्म कलेजका बिधार्थी जोएस पाण्डेले निर्देशन गरेका हुन् । आफ्नो फिल्म बनिरहेका नेपाली फिल्म मध्ये उच्च स्थानमा रहने दाबी गरे । फस्टलुक रिलिज कार्यक्रममा बोल्दै पाण्डेले भने, 'निकै मेहनत गरेर नयाँ कथाबस्तुमा फिल्म बनाएका छौं । त्यसैले यो फिल्म बनिरहेका अधिकांश फिल्म भन्दा राम्रो पक्कै छ ।'
यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा शुशांक मैनाली, दीया मास्के, दयाहाङ राई, अरूणा कार्कीको मुख्य भुमिका रहेको छ । फिल्मले नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई मुख्य बिषय बनाएको निर्देशक पाण्डेले कार्यक्रममा बताए । यस्तै उनले आफ्नो फिल्मको लगानी थोरै भएको र बिदेशी बजारबाट नै उठाउने बताए । फिल्मको रिलिज डेट भने तय गरिएको छैन ।
समिर मैनाली निर्माता रहेको यो फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ ।
Facebook
Twitter
RSS
