माघ एक गते देखि फ्लोरमा  जाने आधी बाटो फिल्मका लिड आर्टिष्टहरु फाईनल भएका छन् । म्यूजिकल लभस्टोरी यो फिल्ममा यस कुमार र जेनिसा के.सी. सहित सविन श्रेष्ठ र अनु शाहको जोडी बाधिन लागेको हो । निर्देशक सबिर श्रेष्ठका अनुसार यस कुमार र जेनिसा फाईनल भएको महिना दिन पछि सविन र अनुसंग आज कागजी एग्रीमेन्ट सम्पन्न भएको हो  । सफलता तर्फ उन्मुख भईरहेका अनु र सविनले पहिलो पटक यो फिल्म मार्फत अनस्क्रिन रोमान्स गर्न लागेका छन् ।
 
एनआरएन प्रोड्यूसरले परिचित रमेश त्यवनाको लागनीमा बन्न लागेको यो फिल्मको एक गित र केही सिनको सुटिङ यूकेमा पनि हुने बताईएको छ । 'काठमाण्डू र चरिकोट सहित हाम्रो फिल्मको लोकेशन यूके हुने भएकाले नेपाल सुटिङ सकेर हामी यूके जानेछौ', निर्देशक श्रेष्ठले जानकारी गराए । यस्तै श्रेष्ठका अनुसार बलिउडका विभिन्न फिल्ममा एसोसिएट क्यामेरा पर्सन भएर अनुभव संगालेका नवराज थापालाई  यो फिल्म खिच्न दिईदैछ ।  
 
 
नेपालको नम्बर वान फिल्म प्रोडक्सन कम्पनी छविराज प्रोडक्सन हाउसका रेगुलर डाईरेक्टर समेत रहेका सबिर पछिल्लो तीन महिनामा सर्वाधिक ब्यस्त निर्देशकको सूचिमा परेका छन् । उनले भखैरै मात्र छविराज प्रोडक्सनको हमेशा फिल्म सिध्याएर यो फिल्मको सुटिङ सुरु गर्ने तयारी गरेका हुन् । 
 
फोटो  सौजन्य : नेट नशा डट कम 

Posts Relacionados