शुक्रबारबाट तीन फिल्म प्रदर्शनमा आएका छन् । राजधानी सहित मोफसलमा दुई नयाँ फिल्म 'धन्दा' र 'तिमीले दिएको माया' रिलिज भएका छन् भने मोफसलमा रिलिज भईसकेको 'बन्दी' राजधानीका हलमा रिलिज भएको छ ।

प्रदर्शनमा आएको दुई फिल्म 'तिमीले दिएको माया' र 'बन्दी' लाई बिजय केरूङले निर्देशन गरेका हुन् । बिजयको तिमीले दिएको माया फिल्ममा राज तिमल्सिना, नीता ढुङ्गाना र सुवास मेचेको मुख्य अभिनय रहेको छ भने बन्दीमा आर्यन सिग्देल, सञ्चिता लुईटेल, सुमन सिंह, अरूणिमा लम्साल, दिलिप रायमाझी लगायतको अभिनय रहेको छ । तिमीले दिएको मायालाई सुनिता शर्मा र रेसु ढुंगानाले निर्माण गरेका हुन् भने बन्दीलाई रमेश गुरुङ कर्माले निर्माण गरेका हुन् ।

 
यस्तै फ्राईडे फिल्म्सको व्यानरमा बाबुराम दाहाल र सुदर्शन थापाले मिलेर निर्माण गरेको फिल्म धन्दा राजधानीका क्यूएफएक्स, बिग मुभिज, एफक्यूब, गोपी, अष्टनारायण, गुण जस्ता मल्टिप्लेक्स सहित देशभरका करिब ४ दर्जन हलमा रिलिज हुनेछ । अर्पण थापा, सुमुना केसी, कमलमणी नेपाल, पुस्कर गुरूङ लगायतको अभिनय रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

Posts Relacionados