टाईटल सङ रिलिज पश्चात कलिउड फिल्मको रोमान्टिक सङ रिलिज गरिएको छ । माघ पाँचको मितीमा नयाँ उत्साहका साथ यो फिल्मले मार्केट तताउने अपेक्षा फिल्मी बजारमा चलिरहँदा प्रोडक्सन हाउस जि वान क्रिएसनले रोमान्टिक सङ पनि रिलिज गरेको हो । 
 
जनवरी ११ अर्थात पौष २७ गते कतारको राजधानी दोहामा फिल्मको काष्ट एण्ड क्रु सहित ग्रयाण्ड प्रिमियरको समेत तयारी गरिरहेको उक्त हाउसले नेपालमा पनि भब्य शैलीमा प्रिमियर शो गरि फिल्म रिलिज गर्ने तयारी गरिरहेको छ । नेपालमा गत बर्षको माघ महिनामा मल्टिप्लेक्स हल केन्द्रित गरी आईएम सरी फिल्मको भब्य प्रिमियर भएको थियो त्यस पश्चातका केही प्रिमियर शोहरु सामान्य प्रकृतिका थिए । 
 
यध्यपी पब्लिकसंगको फष्ट शोले कस्तो फिडब्याक दिने हो त्यसको सम्पूर्ण रिभ्यू पश्चात मात्र कलिउडको नेपाल प्रिमियर टुङ्गो लाग्ने बताईएको छ । यस्तै कलिउड प्रिमियरको तयारीका लागि निर्देशक नवराज आचार्य भोली मंगलबार मध्यान्न १२ बजे कतार उड्दैछन् । उनी कतार प्रेसमिटको तयारी पुरा गरि आउदो आईतबार भित्र स्वदेश फर्कि नेपाल प्रोमोशनमा थप जुट्ने छन्  । 
 
रिलिज गरिएको रोमान्टिक सङका सिङगर श्रेया सोताङ र प्रदीप बास्तोला हुन् । सिङगर प्रदीप यो फिल्मको लिरिसिष्ट र म्यूजिक डाईरेक्टर पनि हुन् । उनको यो फष्ट प्रोजेक्ट हो ।  हरि हुमागाईको सिनेमाटोग्राफीमा कोरियोग्राफी चाहि रेनाशा राईको हो । 

Posts Relacionados